अमेरिका र मेक्सिकोद्वारा दाबी फिर्ता

वैशाख १८, २०८१

अमेरिका र मेक्सिकोले सन् २०२७ को फिफा महिला विश्वकपको संयुक्त आयोजनाका लागि गरेको दावी फिर्ता लिएका छन् । अमेरिका र मेक्सिकोका फुटबल संघले सन् २०३१ को विश्वकप आयोजनाका लागि ध्यान केन्द्रित गर्ने अहिलेको दावी छाडेका हुन् । फिफाले आगामी मे १७ मा सन् २०२७ को महिला विश्वकप फुटवलको आयोजक टुंगो लगाउने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ब्राजिल र बेन्जियम, नेदरल्यान्ड्स तथा जर्मनीले महिला विश्वकप योजनाका लागि संयुक्त दाबेदारी प्रस्तुत गर्ने भएका छन् । सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेका थिए ।


प्रतिक्रिया