प्रमुख समाचार
- पार्टीको नेतृत्व चयनलाई लिएर राजपा र राप्रपाको एकता महाधिवेशनको बन्द सत्र प्रभावित
- सूर्य नेपाल मास्टर्स् च्याम्पियन शिवराम सम्मानित
- डडेल्धुरामा १३ बर्षिया बालिकालाई तीनदेखी बन्धक बनाएर बलत्कार, बालिकाको अवस्था गम्भिर
- एमाले पोलिटव्युरो सदस्य अर्याल एमाओवादीमा प्रवेश, अभिनेत्री रेखा थापा पनि आजदेखी माओवादीमा
- नेकपा माओबादीद्धारा संखुवासभाको खाँदवारीमा रहेको सुर्य बोडिङ स्कुल कब्जाको घोषणा
विज्ञापन
यस्तो पनि हाम्रो नेपालमा !
- मकर श्रेष्ठ
भक्तपुर, पुष १२
भक्तपुरस्थित अरनिको राजमार्ग आसपासका होटल र रेष्टुरेन्टको कोठामा चुकुल लगाएर बस्न नपाइने भएको छ । होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल ब्यवसायीले सो नियम बनाएका हुन् । प्रहरी र अरनिको पर्यटन व्यवसायी संघबीच आज भएको छलफलमा महिला कर्मचारीलाई बिहान र दिउँसोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउने लगायत १२ बुँदे सहमती भएको हो ।
सो निर्णयसंगै महिलाले खाना पकाउने लगायत अन्य काम समेत गर्न नपाउने भएका छन् । यस्तो व्यवस्था जगातीदेखि साँगासम्मका होटल र रेष्टुरेन्टमा लागू गरिने प्रहरीले जनाएको छ । बैठकमा महिलालाई होटल तथा रेष्टुरेन्टमा अनैतिक कार्यमा लगाए र वोलाएर अनैतिक कार्य गराए होटल व्यवसायीको सदस्यता स्वत: खारेज हुने निर्णय पनि बैठकले गरेको छ ।

