नेप्से बढ्यो कारोबार घट्यो

असार ३१, २०७६ | काठमाडौं

धितोपत्र बजारमा लगातार आज पनि सुधार आएको छ । बजार परिसूचक नेप्से आज ४ दशमलव ४५ अंकले बढेर १ हजार २ सय ५९ दशमलव १ अंकमा पुगेको छ । कारोबार भएका सबै कम्पनी समूहको उपसूचक बढेका कारण समग्र बजार उकालो लागेको हो ।

आज सबैभन्दा बढी होटल कम्पनी समूहको उपसूचक ५६ दशमलव ८ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा समूहको १० दशमलव ४६ र उत्पादनमूलक कम्पनी समूहको उपसूचक ७ दशमलव ९ अंकले बढेको छ ।

नेप्से उकालो लागेपनि कारोबार रकममा भने हिजोको तुलनामा ९ करोड रुपैयाँले गिरावट आएको छ । आज कुल १ सय ६१ कम्पनीका ४ हजार ५ सय ५९ कारोबारबाट, १९ लाख ५६ हजार ६ सय ३० कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया