म्यानमारका ४ जना उच्च सैन्य अधिकारीलाई अमेरिका प्रवेशमा रोक

रेडियो कान्तिपुर संवाददाता

श्रावण २, २०७६

- रोहिंग्या मुस्लिमहरुको मानव अधिकार हनन गरेको भन्दै अमेरिकाले म्यानमारका ४ जना उच्च सैन्य अधिकारीहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । एक जना वरिष्ठ सैन्य अधिकारीसहित ३ जना अधिकृतहरु र उनीहरुको परिवारलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो ।

सन् २०१७ मा सरकारले रोहिंग्या अल्पसंख्यक मुस्लिमहरुमाथि ती सैन्य अधिकारीहरुले दुर्व्यवहार र हिंसा गरेका थुप्रै प्रमाण फेला परेका कारण प्रतिवन्ध लगाइएको अमेरिकी विदेशमन्त्री माईक पोम्प्योलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सेनाले रोहिंग्याको मानवअधिकार हनन र दुर्व्यवहार गरेका प्रमाणहरु भएपनि सरकारले ठोस कारबाही नगरेको विदेशमन्त्री पोम्प्योको आरोप छ।

म्यानमार सरकार र सेनाले भने अमेरिकी प्रतिबन्धको विरोध गरेको छ । रोहिंग्याले सरकारी सेनामाथि आक्रमण गरेका कारण कारबाही गरिएको भन्दै सरकारले सेनाको बचाउ गर्दै आएको छ । 


प्रतिक्रिया