ललित स्मृति अण्डर १८ फुटबलको दुबै सेमिफाइनल आज 

रेडियो कान्तिपुर संवाददाता

श्रावण २, २०७६ | काठमाडौं

- ललित स्मृति अण्डर १८ च्याम्पियनसीप फुटबलका दुबै सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङदी र डिफेण्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे पहिलो सेमिफाइनल भिडन्त सुरु हुनेछ ।

क्वार्टरफाइनलमा मनाङले हिमालयन शेर्पा र ब्रिगेडले विभागीय टोली एपीएफलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् । आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । दोस्रो सेमिफाइनल पनि सोही मैदानमा अपरान्ह ४ बजेपछि सुरु हुनेछ । मछिन्द्र क्लबलाई क्वार्टरफाइनलमा रोकेको पुलिस जावलाखेलबिरुद्ध आक्रामक खेल खेल्ने योजनामा छ ।

बलियो बिभागीय टोली त्रिभुवन आर्मीलाई हराएको जावलाखेलपनि पुलिसबिरुद्ध सोहि नतिजाको पर्खाईमा छ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको च्याम्पियनसीपको विजेताले ३ तथा उपबिजेता टोलीले १ लाख ५० हजार रुपैया हात पार्नेछन् ।

 


प्रतिक्रिया