भारतले दोश्रो चन्द्र मिसन प्रक्षेपण गर्ने 

रेडियो कान्तिपुर संवाददाता

श्रावण २, २०७६ | बीबीसी

भारतले आगामी सोमबार दोश्रो चन्द्र मिसन प्रक्षेपण गर्ने घोषणा गरेको छ । अन्तरीक्ष एजेन्सीले चन्द्रयान टू चन्द्रमाको दक्षिण भू–भागमा अवतरण गर्नेछ । १५ करोड डलरमा निर्माण भएको चन्द्रयानको पहिलो संस्करण सन् २००८ मा प्रक्षेपण गरिएको थियो ।

पहिलो यानले चन्द्रमाको सतहमा अवतरण गर्न नसकेपनि राडारबाट पानी सम्बन्धी अध्ययन गरेको थियो । चन्द्रमाको सतहमा रहेको पानी, त्यहाँ जाने भूकम्प र खनिजबारे अध्ययन भएको छ ।

चन्द्रयानले चन्द्रमाको सतहमा अवतरण गर्न सफल भए अवतरण गराउने भारत चौथो मुलुक बन्ने छ ।

यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत युनियनले मात्रै चन्द्रयान सतहमा अवतरण गराउन सफल भएका छन् । 


प्रतिक्रिया