जापान आक्रमण : मृतकको संख्या ३३ पुग्यो 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६

- जापानको क्योतोस्थित एक एनिमेशन स्टुडियोमा रसायन  आक्रमणपछि भएको आगलागिका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । ३३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । घटनाका समय सो भवनमा ७० जना मानिसहरु रहेको बीबीसीले जनाएको छ । आक्रमणकारी समेत घाइते भएकाले अस्फताल लगिएको छ ।

४१ वर्षीय ती व्यक्तिको आत्रमणको कारण खुलेको छैन । निमेशन स्टुडियोको ३ तल्ले भवनमा ती व्यक्तिले पेट्रोल छर्किएपछि आगलागि सुरु भएको थियो । आगलागि पश्चात सो भवनमा श्रृङ्खलाबद्ध विष्फोट समेत भएको स्थानियलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । दोस्रो विश्वयुद्ध यता जापानमा यो सबैभन्दा ठूलो भयावह घटना हो । क्योअनि भनेर प्रख्यात  क्योतो एनिमेशनले विभिन्न चलचित्र तथा ग्राफिक उपन्यासहरु निर्माण गर्दै आएको थियो ।   

 


प्रतिक्रिया