आईसीसीले नेपालबारे निर्णय गर्ने सम्भावना न्यून

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६

- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यसपटक नेपाल क्रिकेट संघ क्यानमाथिको  निलम्बन फुकुवा गर्ने सम्भावना न्यून देखिएको छ । लण्डनमा हिजो सुरु भएको आईसीसी बोर्ड बैठकको पहिलो दिन केही महत्वपुर्ण निर्णय भएपनि नेपालका सम्बन्धमा कुनै निर्णय नआएको आईसीसीले गठन गरेको स्वतन्त्र कमिटि सदस्य रुईस थापाले जानकारी दिनुभयो । 

आजपनि जारी रहने बैठकमा अन्य बिषयहरुपनि रहेकाले नेपालबारेको निर्णय हुने संभावना न्यून बनेको हो । यद्यपी नेपालबारे छलफलको सम्भावना कायम रहेको थापाले बताउनुभयो । यसपटकको बोर्ड बैठकले पनि नेपालबारे निर्णय नगरे नेपालले थप ६ महिना निलम्बनकै अवस्थामा बस्नुपर्ने छ । 

आफ्नै रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको आईसीसीले नेपाली क्रिकेटबारे सकारात्मक निर्णय गर्ने सम्भावना बढी छ ।  


प्रतिक्रिया