जिम्बावे क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा  

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

- अन्तर्राष्ट्रिय त्रिकेट फरिषद आईसीसीले जिम्बावे क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले जिम्बावेको त्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप बढेको तथा आफ्नो गाईडलाईन अनुसार बोर्डले प्रक्रिया पुरा नगरेको भन्दै निलम्बनको निर्णय गरेको हो ।

  पछिल्लो समय अस्तव्यस्त बनेको जिम्बावेको क्रिकेट आन्तरिक राजनीतिक हस्तक्षेपका कारण कमजोर बनेको आईसीसीको ठहर छ । आईसीसीले उसलाई दिँदै आएको अनुदान रकम पनि रोक्का गरेको छ । त्यस्तै आईसीसीका कुनैपनि प्रतियोगितामा उसको सहभागीता रोकिएको छ । आईसीसीको यो निर्णयले टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने उसको तयारी अन्यौलमा परेको छ।

पछिल्लो निर्णयले यसमा पनि रोक लाग्ने सम्भावना बढी छ । 

युएईमा आगामी अक्टोबरमा हुने टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा जिम्बावेसहित १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया