नेकपा आन्तरिक गृहकार्यमा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

पार्टी एकताको सम्पुर्ण काम आइतबार सक्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा त्यसको गृहकार्यमा जुटेको छ । लामो प्रयासपछि दुई अध्यक्षबीच भएको सहमति अनुसार नेकपाले आगामी आइतबार एकताका सम्पुर्ण काम सक्ने गरी आन्तरिक गृहकार्य तीब्र पारेको हो । विशेषगरी विभागको दाबेदारीमा रहेका आकांक्षीको व्यवस्थापनका विषयमा  आज शीर्ष नेताहरुबीच छलफल हु“दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच भएको सहमति अनुसार नै विभागको जिम्मवारी टुंग्याउने गरी छलफल अघि बढेको नेकपा श्रोतको भनाई छ । आफुबाट टाढिदैं गएका बामदेव गौतमलाई संगठन विभागको जिम्मेबारी दिन ओली सकारात्मक बनेपछि पार्टीकै आन्तरिक समिकरण बद्लिएको छ । संगठन विभागमा राम बहादुर थापा र ईश्वर पोखरेलको पनि दावी छ । विदेश विभागमा माधव कुमार नेपाल, प्रचार बिभागमा नारायणकाजी श्रेष्ठ र संसदिय विभागमा सुवासचन्द्र नेङवाङ आउने निश्चित छ । पार्टीको स्कुल विभागमा पोखरेल र श्रेष्ठको दावी छ । 

३२ वटा विभाग रहेको नेकपाले तत्कालिन एमालेको भागमा १८ र तत्कालिन माओवादी केन्द्रको भागमा १४ वटा विभाग रहने गरी सहमति भएको थियो । संगठन , विदेश , संसदीय विभाग र राज्य व्यवस्था विभाग लगायतका १८ विभाग पूर्व एमालेको भागमा परेका छन् । त्यस्तै, प्रचार र आर्थिक विभागसहितका १४ विभाग पूर्वमाओवादीको भागमा छन् । आज दिनभरको गृहकार्यपछि सबै विभागको नेतृत्व टुंगो लगाउने र आइतबारको बैठकबाटै सार्वजनिक गर्ने तयारी नेकपाको छ ।

 मुख्य समाचार 

* धनगढीको शहिद गेट नजिक रहेको निलम होटलमा भएको विष्फोटका घाइते मध्ये एकजनाको मृत्यु ÷ मृत्यु हुने सिंह, चन्द समूहका कार्यकर्ता रहेको प्रहरीको दावी 

* आगामी आइतबार पार्टी एकताको सम्पूर्ण काम सक्ने तयारीमा रहेको नेकपा आन्तरिक गृहकार्यमा ÷ विभागको जिम्मेवारी आज टुंगो लाग्ने  

* सामुन्द्रिक रुट स्टेट हर्मुजमा इरानी ड्रोन खसालेको अमेरिकाको दावी 

 र 

* आइसीसी बोर्ड बैठकमा नेपालबारे निर्णय हुने सम्भावना न्यून ÷राजनीतिक हस्तक्षेप बढेको भन्दै जिम्वावे निलम्बनमा

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया