कालीमाटी र बल्खुका १९ जना तरकारी तथा फलफूल व्यापारी कारावहीमा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको कालीमाटी र बल्खुका १९ जना फलफूल तथा तरकारी व्यापारीलाई कारवाही गरेको छ । विभागको टोलीले बिहान अनुगमन गर्दै बल्खुका ११ र कालीमाटीका ८ जना व्यापारीलाई कारवाही गरेको हो । दुई समुह बनाएर बिहानैबाट गरेको अनुगमनका क्रममा खरिद बिल देखाउन नसक्ने व्यापारीलाई कारवाही गरिएको विभागले जनाएको छ । अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारबाही गरेको यो पहिलो पटक हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत दिपक पोखरेलले कारवाहीमा परेका व्यापारीलाई ५ देखि १० हजार रुपैया“सम्म कारवाही गरेको बताउनुभयो ।

मुख्य समाचार 

* गत आर्थिक वर्षको पहिलो ११ महिना मुलुकको व्यापार घाटा चालु आर्थिक वर्षको बजेट हाराहारी/ मुल्यबृद्धि पनि ६ प्रतिशत नाघ्यो

* प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ३ जना सांसदद्वारा प्रतिनिधि सभामा बाढी पीडतका लागि राहत तथा पुनस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता/ छुट्टै प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल जारी 

* खरिद बिल देखाउन नसक्ने काठमाडौंको कालीमाटी र बल्खुका १९ जना तरकारी तथा फलफूल व्यापारी कारावहीमा/ आवश्यक कागजपत्र सहित ७ दिनभित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशन 

* जासुसीको आरोप खेपेका भारतीय नौसैनिक अधिकारीलाई कुटनीतिक पहुँच दिने पाकिस्तानको प्रतिवद्धता/ अन्तराष्ट्रिय फौजदारी अदालतको आदेश पालना गर्ने 

र 

* आइसीसी बोर्ड बैठकमा नेपालबारे निर्णय हुने सम्भावना न्यून/ राजनीतिक हस्तक्षेप बढेको भन्दै जिम्बावे क्रिकेट बोर्ड निलम्बनमा 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया