इरानले नियन्त्रणमा लिएको ट्यांकर फिर्ता नगरे गम्भीर परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७६

- इरानले नियन्त्रण लिएको आफ्नो ट्यांकर फिर्ता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी बेलायतले दिएको छ । खाडीको सामुन्द्रिक रुट हुँदै गईरहेको बेलायती ध्वजावाहक पानीजहाजलाई इरानले नियन्त्रणमा लिएपछि बेलायती विदेशमन्त्री जेरेमी हन्टले यस्तो चेतावनी दिनुभएको हो ।

पानीजहाजलाई ४ वटा तिव्रगतिका डुंगा र एउटा हेलिकोप्टरले घेरेर उत्तरतर्फ अर्थात इरानतर्फ लगेको विदेशमन्त्री हन्टकोे भनाई छ । पानीजहाजमा २५ जना सवार थिए । त्यस्तै सशस्त्र सुरक्षा अधिकारी सवार अर्को लाईबेरियन ध्वजावाहक बेलायती पानीजहाज भने यात्राका लागि स्वतन्त्र निस्किएको बताईएको थियो । उनीहरु अहिले सुरक्षित र सम्पर्कमा रहेका छन् ।

 सो विषयमा छलफलका लागि बेलायती सरकारले आज एक आकस्मिक बैठक समेत डाकेको छ । यसरी जहाज नियन्त्रणमा लिने विषय अस्वीकार्य रहेको भन्दै विदेशमन्त्री जेरेमीले निर्वाध सामुन्द्रिक यात्रा गर्न पाउनुपर्ने व्यवस्थामा जोड दिनुभयो । यो समस्या चाँडै समाधान नभए गम्भीर परिणाम निम्तने उहाँको भनाई छ ।


प्रतिक्रिया