मस्कोमा २० हजारभन्दा धेरै प्रदर्शनकारी सडकमा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६

-  निष्पक्ष निर्वाचनको माग गर्दै रुसको राजधानी मस्कोमा हजारौंले  विरोध प्रदर्शन गरेको छ । राजधानी मस्कोमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै २० हजार भन्दा धेरै प्रदर्शनकारी सडकमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ ।

आगामी सेप्टेम्बरमा हुने निर्वाचनमा विपक्षी उम्मेदवारले समेत उम्मेदवारी दर्ता गर्न पाउनुपर्ने अडान उनीहरुले राखेका छन् ।  निर्वाचनमा उम्मेदवारी दर्ताका लाििग कम्तीमा पनि ५ हजारको समर्थन आवश्यक पर्ने व्यवस्था गरेपछि विपक्षीले सो प्रक्रिया अस्वीकार गरेका छन् ।

 निर्वाचनमा सहभागि हुन चाहने ३० विपक्षी उम्मेदवारलाई  समर्थन नपुगेको भन्दै अयोग्य घोषणा गरिएपछि राष्ट्रपति भ्यादिमिर पुटिन नेतृत्वको सरकारको विरोधमा हजारौं सडकमा उत्रेका हुन् ।  


प्रतिक्रिया