इजिप्टको कायरोका लागि ब्रिटिस एयरवेजबाट हुने सम्पूर्ण उडान स्थगित

रेडियो कान्तिपुर संवाददाता

श्रावण ५, २०७६ | काठमाडौं

- ब्रिटिस एयरवेजले सुरक्षा चुनौतीको कारण देखाउँदै इजिप्टको कायरोका लागि आफ्नो सम्पूर्ण उडान स्थगित गरेको छ । ब्रिटिस एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि  हुने सम्पूर्ण उडानहरु स्थगित गरेको जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । प्रकाशित सूचनामा आफ्ना चालक दलका सदस्यको ज्यान जोखिममा पारेर उडान भर्न नसक्ने उल्लेख गरिएको छ ।

यद्यपी कस्तो किसिमको सुरक्षा चुनौती देखिएको हो भन्नेबारे भने केही खुलाइएको छैन । उडान स्थगित गरेसँगै हजारौं यात्रु प्रभावित भएका छन् । इजिप्टका लागि बोर्डिङ पास लिइसकेपछि उडान रद्द गरेको एयरवेजप्रति आक्रोश प्रकट गरेका छन् । यसअघि जर्मनीको लुफ्थान्सा एअरले पनि इजिप्टमा शनिबार हुने आफ्नो उडान रद्द गरेको थियो । 


प्रतिक्रिया