महिला टोलीलाई महानगरले नगदसहित सम्मान गर्दै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

– विराटनगर उपमहानगरले महिला साग फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई आज नगदसहित सम्मान गर्दैछ । विराटनगरमै गतवर्ष भएको महिला साफ फुटबल प्रतियोगितामा उपबिजेता बनेको नेपाली महिला टोलीलाई महानगरले ५० हजार नगद सहित सम्मान गर्न लागेको हो । विराटनगरमा अपरान्ह ४ बजे हुने बिशेष कार्यक्रममा नगरप्रमुख भीम पराजुलीलाई खेलाडीलाई सम्मान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

महानगरले यसअघि नै घोषणा गरेको नगद पुरस्कार सहित खेलाडीलाई सम्मान गर्न लागेको हो । 

उपविजेता महिला टोलीलाई प्रदेश एक सरकारले पनि नगदसहित भोली सम्मान गर्नेछ । प्रदेश सरकारले भने जनही १ लाख रुपैया“सहित सम्मान गर्ने प्रवक्ता राईले जानकारी दिनुभयो । महानगर र प्रदेश सरकारको सम्मान लिन महिला टोली हिजै विराटनगर पुगीसकेको छ ।

 


प्रतिक्रिया