भारतद्वारा चन्द्रयान–२ प्रक्षेपण 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

- भारतीय रकेट चन्द्रयान २ चन्द्रमामा प्रक्षेपण गरिएको छ । दोश्रो पटकको प्रयासमा आज दिउँसो २ बजेर ४३ मिनेटमा सो चन्द्रयान प्रक्षेपण गरिएको हो । गत जुलाई १५ मा प्राविधिक त्रुटीपछि प्रक्षेपण गर्नु ५६ मिनेट अघि रद्द गरिएको थियो ।

प्रक्षेपण सफल भए अमेरिका, चीन र सोभियत यूनियनपछि भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्नेछ । चन्द्रयान २ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो मिसन हुने त्यहाँको अन्तरीक्ष विभाग इस्रोले जनाएको छ । त्यसले चन्द्रमामा पानी, खनिज र ढुंगाको अवस्थिति लगायत विषयमा अध्ययन गर्नेछ । 

करीब १५ करोड डलरको सो रकेट परियोजना इस्रोको सबैभन्दा महत्वाकांक्षी मिसन हो । सो रकेट ६ सय ४० टन तौलको छ भने १४ तल्ले घर जक्रो अग्लो र शत्तिशाली भएको बताईएको छ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान १ चन्द्रमामा पठाएको थियो तर अवतरण नगरी राडारको माध्यमबाट पानीको अवस्थितिबारे सूचना लिएर मात्र फर्किएको थियो । 

 


प्रतिक्रिया