नेकपाको गुटगत भेला  जारी, आजको बैठक स्थगित

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

- पार्टीको स्कुल विभाग गठनमा सहमति हुन नसकेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा गुटगत छलफल तीव्र बनेको छ । स्कुल विभागलाई लिएर तत्कालिन एमाले र तत्कालिन माओवादी पक्षबीच असझदारी बढेसँगै दुबै पक्षले आन्तरिक बैठक र छलफललाई तीव्र पारेका हुन् । तत्कालिन  एमाले पक्षबाट ईश्वर पोखरेल र तत्कालिन माओबादी पक्षबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागमा दाबी नछाडेपछि आज बस्ने भनिएको सचिवालय बैठकपनि स्थगित भएको छ ।

३२ विभागमध्ये अन्यको नेतृत्व टुंगो लागेपनि बैचारिक लाईनको नेतृत्वमा पार्टीभित्र  धुव्रिकरण बढेको हो । पूर्वमाओवादी केन्द्रबाट अध्यक्ष पुष्प कमल दाहाल र नेता नारायणकाजी श्रेष्ठबीच अहिले छलफल भइरहेको श्रोतले बताएको छ । यस्तै तत्कालिन एमाले पक्षका शीर्ष नेताहरुपनि आन्तरिक छलफलमा छन् । 

पार्टी एकताको लामो समयपछि विभाग गठन गर्ने नेकपाको प्रयास यो विवादसँगै अन्योलमा परेको छ । पार्टीको वैचारिक संघर्ष सतहमा आएसँगै एकिकरण अघिका दुई दलको धार पार्टीमा स्पष्ट देखिएको छ ।

 


प्रतिक्रिया