आज ४१ औंँ पुष्पलाल स्मृति दिवस

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज, कम्युनिष्ट पार्टी एवं तिनका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी उहाँको योगदानको चर्चा गर्दैछन् । काठमाडौं कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा नेकपा शीर्ष नेताले श्रद्धाञ्जली तथा माल्यार्पण गरेका छन् ।  

स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशैभर विभिन्न कार्यक्रम गर्दैछ । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो ।

श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषि क्रन्तिको आवश्यकता अझै पनि उत्तिकै सान्दर्भिक रहेको कम्युष्निट नेताहरु दावी गर्छन् ।  यद्यपी पछिल्लो समय बामपन्थी नेताहरुले पुष्पलालको महत्व र सिद्धान्त भुल्दै गएको आरोप लगाउँदै आएका छन् ।


प्रतिक्रिया