इमरान  र ट्रम्पबीच भेटवार्ता, ट्रम्पले गलत प्रतिक्रिया दिएको भारतको आरोप 

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६

-  पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा ट्रम्पले  भारत र पाकिस्तानबीच लामो समय यता चलिरहेको काश्मिर मुद्दा सम्बन्धमा प्रमुख प्राथमिकताका साथ चासो राख्नुभएको थियो ।

सो क्रममा राष्ट्रपति ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर मुद्दामा मध्यस्थता गरिदिन आफूलाई आग्रह गरेको र त्यसका लागि आफू पनि तयार रहेको प्रतिक्रिया दिनुभएको थियो ।  

यद्यपी ट्रम्पकको सो भनाईको भारतले भने खण्डन गरेको छ ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा दिएको सो प्रतिक्रियाबारे भारत अनविज्ञ रहेको बताउनुभएको हो ।

 प्रधानमन्त्री मोदीले सो सम्बन्धमा ट्रम्पसँग कुनै त्यस्तो छलफल नगरेको उहाँले उल्लेख गर्नुभएको छ । भारतले पाकिस्तानसँग जस्तो सुकै मुद्दामा पनि वार्ता गर्न सक्ने  तर त्यसका लागि पाकिस्तानले  आतंकवादसँग सम्बन्धित सम्पूर्ण गतिविधी अन्त्य गर्नुपर्ने प्रवक्ता रविश कुमारले बताउनुभएको छ ।  


प्रतिक्रिया