एशियाली छनोटको पहिलो खेलमा नेपाललाई झड्का

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

- टी–२० विश्वकप क्रिकेटको एशियाली छनोटको पहिलो खेल कतारलाई सुम्पेको नेपाली टोलीलाई अर्को झट्का लागेको छ । ढाडको समस्या बल्झिएपछि कप्तान पारस खड्काले कतारविरुद्धको दोस्रो इनिङ्स खेल्न सकेनन् । उनको स्थानमा पवन सरार्फले दोस्रो इनिङ्स खेले । पारस मलेसियाविरुद्ध भोलि हुने खेलमा समेत उपलब्ध नहुने सम्भावना रहेको सिङ्गापुरबाट खेल पत्रकार सुवास हुमागाईंले जनाएका छन् । 

पारसलाई उद्धृत गर्दै हुमागाईंले भने–ब्याटिङ गर्ने बेलामा पहिलो बलमै ढाडमा समस्या आएको थियो । आउट भएर फर्किएपछि झन् दुखाई बढ्यो । उभिन नै समस्या भएपछि दोस्रो इनिङ्स पविलियनमा बसें । केही समयको विश्रामपछि आफू ठीक हुने पारसले बताएका छन् ।

भोलि मलेसियाविरुद्धको खेल गुमाए शुक्रबारसम्म विश्राम गर्ने र शनिबार सिंगापुरविरुद्धको खेलमा मैदान ओर्लिने उनको योजना छ । अन्तिम खेलमा नेपालले आगामी आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । 

यसैबीच, नेपाली टोलीका प्रशिक्षक उमेश पटवालले दोस्रो इनिङ्समा पारख मैदानमा नहुँदा टोलीको प्रदर्शनमा असर गरेपनि हारको कारण त्यो मात्रै नरहेको फ्रतिक्रिया दिएका छन् । टोलीले राम्रो त्रिकेट नखेलेकै कारण कतारसँग पराजित हुनु परेको उनले बताए । 

 


प्रतिक्रिया