श्रीकृष्ण जन्माष्टमी मनाइँदै 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

भाद्र कृष्ण अष्टमीका दिनमा आज हिन्दूधर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछन् । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता  मानिने श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको धार्मिक मान्यता छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धतीमा जन्म लिएको र आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा उल्लेख छ । कुरुक्षेत्रमा कौरवहरूसागको लडाइामा संलग्न पाण्डवमध्येका अर्जुनलाई उफदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यत्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यसै अवसरमा आज ललितपूरपाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर सहित मुलुकभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । 


प्रतिक्रिया