वार्ता वा सामना दुवैका लागि तयार : उत्तर कोरिया

भाद्र ६, २०७६

- अमेरिकासँग वार्ता वा सामना दुवैका लागि तयार रहेको उत्तर कोरियाले चेतावनी दिएको छ । वासिङ्टनले जारी राखेको प्रतिबन्धको व्याख्या गलत भएको उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले बताउनुभएको छ । दुई मुलुकबीच सम्बन्ध सुधारका लागि कार्यदलले काम सुरु गर्नुपर्ने विदेशमन्त्री रि को भनाई छ  ।

गत जुनमा दक्षिण कोरियासँगको सीमामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटमा वार्ता सुरु गर्ने सहमती भएपनि एउटा पनि बैठक बस्न सकेको छैन । अमेरिकाले प्रतिबन्धसँगै वार्तालाई पनि अस्वीकार गर्ने प्रयास गरे सामनाका लागि तयार रहेको उत्तर कोरियाको चेतावनी छ ।  

 


प्रतिक्रिया