नेपाली टोली आज मलेसिया जाँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

- मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज राती १० बजे मलेसिया जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लबविरुद्ध भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

कप्तान विराज महर्जनसहित मुख्य खेलाडीबिनै मलेसिया जान लागेको नेपाली टोलीमा विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 दोस्रो चरणको छनोटमा समूह बी मा रहेको नेपालले कुबेतसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । यो समुहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । 


प्रतिक्रिया