चन्द समूहका कास्की इन्चार्ज पक्राउ

भाद्र ६, २०७६ | पोखरा

नेक्रवित्रम चन्द समूहको नेपाल कम्युनिस्ट पार्टीका कास्की र स्याङ्जा इन्चार्ज कृष्ण वाग्ले पक्राउ परेका छन् । उनलाई शुक्रबार पोखराको शिशुवाबाट कास्की प्रहरीले पक्राउ गरेको हो । उनीसँगै चन्द समूहलाई सहयोग गरेको आरोपमा पत्रकार ओम हमाल समेत पक्राउ परेका छन् ।

जनसञ्चार डट कमका सञ्चालक हमाल र चन्द समूहका नेता वाग्लेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । चन्द समूहको कार्यक्रम गर्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।  

 


प्रतिक्रिया