गाई काण्ड दुर्घटनामात्रै हो सुनियोजित हैन : धवलशमशेर राणा

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | काठमाडौं

The Headliers | Journalist Pawan | 14 September 2019 | 28 Bhadra 2076

बाँकेको नेपालगञ्ज उपमहानगरापालिकाका मेयर धवलशमशेर राणाले दैलेख पठाउने क्रममा बाटोमै गाई मरेको काण्ड दुर्घटनामात्रै भएको र कुनै सुनियोजित घटना नभएको बताउनु भएको छ । खुला सीमाका कारण भारतबाट आएका चौपाया व्यवस्थापनमा समस्या भएको स्वीकार्दै उहाँले अन्यत्र पठाउादा सावधानी नपनाइएकाले दुर्घटना भएको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै मेयर राणाले गाई काण्डसागै पछिल्लो तीन महिनामा बागेश्वरी मन्दिर काण्ड र डम्पिङ साईट काण्डले गर्दा जनताको सेवा प्रवाहमा आफू क्रियाशील हुन नसकेको बताउनुभयो । 

स्थानीय तहको अहिलेको प्राथमिकता विकास निर्माण र भौतिक पूर्वाधार भएको भन्दै उहाँले यो चरण पार भइसकेपछि सामाजिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकतामा पर्ने उल्लेख गर्नुभयो । केहीअघिसम्म प्रदेश र संघीय सरकारसाग अधिकारक्षेत्रका बारेमा मतभेद रहेकाले पनि सोचे अनुसारको सेवा प्रवाह गर्न नसकिएको उहाँले बताउनुभयो । 

एउटा स्थानीय तहले गरेको खराब काम वा जनप्रतिनिधिले लिएको सुविधालाई सबै स्थानीय तह र प्रतिनिधिले लिएकोजस्तो गरेर हुने गरेको प्रचार खराब भएको उहाँको भनाइ थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया