राजा फर्कने हल्लाको पछि नलागौं : सभापति देउवा

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | दाङ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजा फर्कने हल्लाको पछि नलाग्न आगह गर्नुभएको छ । प्रेस यूनियनले आज दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले प्रतिगामीहरुले राजतन्त्र फर्कने हल्ला चलाएको बताउनुभयो । अब राजतन्त्र फर्कन सम्भव नभएको र यसको पछि नलाग्न उहाॅले सबैलाई अनुरोध गर्नुभयो ।

यसैगरी उहाॅले सत्ता पक्षका नेताहरुले बिरोधीका आवाज जर्वजस्ती दवाउन खोजिरहेको बताउनुभयो । सत्तापक्षका नेताहरुले काॅग्रेस नेताहरुमाथि आक्रमण गरिरहेको बताउॅदै देउवाले दोषिमाथिथ कारबाही नभए संसद ठप्प पार्ने चेतावनी दिनुभयो ।

काॅग्रेसबीच एकता नहुॅदा पनि आक्रमण भैरहेको उहाॅले बताउनुभयो । बाहिरी आक्रमणबाट बच्न पार्टीभित्र एकता जरुरी रहेको देउवाले बताउनुभयो ।

काॅग्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको बताउॅदै देउवाले लोकतन्त्रमा शान्तिपूर्णरुपमा आफ्ना कुरा राख्न र सरकारको आलोचना गर्न पाइने धारणा राख्नुभयो । सरकारले लोकतन्त्रको नै उपहास गरिरहेको देउवाले बताउनुभयो ।

 


प्रतिक्रिया