दलीय सहमति जुट्न नसकेपछि नागरिकता सम्वन्धी विद्येयक रोकियो

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

काठमाडौँ – संसदीय समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सकेन् । नागरिकता विधेयकलाई अन्तिम रुप दिन शनिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिखित फरक मत राखेपछि त्यसमा सहमति जुटाउन नसकेको हो ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुले नागरिकता ऐन, २०६३ कै प्रावधान अनुसार वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने फरक मत राखेपछि समितिले ती समस्या समाधानका लागि राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ ।राजनीतिक सहमतिकै आधारमा नागरिकता विधेयकलाई टुंगो लगाउने सहमति गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।उनले समितिका सदस्यहरुलाई सो सम्बन्धमा आ– आफ्ना दलका शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति जुटाउने जिम्मेवारी दिइएको पनि बताए ।

बैठकमा सत्तारुढ नेकपाका सांसदहरुले भने नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई ७ वर्ष पूरा भएपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने र नेपाली महिलाले विवाह गरेका ज्वाइँलाई १५ वर्ष पूरा भएपछि मात्रै अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने मत राखेको थियो ।

तर त्यसमा नेपाली का्रंग्रेस र सत्ता साझेदार समाजवादी पार्टी, नेपालको समेत सहमति रहेन । सत्ता साझेदार समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले नागरिकता ऐन, २०६३ अनुसारनै वैवाहिक अंगिकृत नागरिकता वितरण गर्दा के असर पर्न गयो ? भनि सत्तारुढ नेकपामा सांसदहरुलाई प्र्रश्न गरे ।उनले विदेशी नागरिकता त्यागी नेपाली बुहारी बनेकाहरुलाई वैवाहिक अंगीकृत नागरिकता दिँदा राष्ट्रियता कमजोर हुनै नसक्ने दाबी गरे ।

यसैबीच, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले नागरिकतासम्बन्धि विधेयकलाई नेपाली कांग्रेसले राजनीतिकरण गर्न खोजेको भन्दै आपत्ति जनाए ।उनले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएपनि नेपाली कांग्रेसले यसलाई टुंगो लगाउनुको साटो फरक मत राखेर राजनीतिकरण गर्न खोजेको दाबी गर्दै आपत्ति जनाए ।सांसद सिलवालले नागरिकता जस्तो विषयमा पनि कांग्रेस संवेदनशील नहुनु मुलुकको लागि नै दुःखद कुरा भएको टिप्पणी गरे ।समितिले शीर्ष तहमा छलफल गरी २४ घण्टा भित्र सो सम्बन्धमा सहमति जुटाएर ल्याउन पनि समितिका सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।

प्रमुख राष्ट्रिय समाचार

* विदेशी बुहारीलाई दिईने नागरिकतामा दलीय सहमति जुट्न नसकेपछि नागरिकता सम्वन्धी विद्येयक रोकियो/राजनीतिक उच्च नेतृत्वबाटै समाधान खोजिने 

* रिक्त रहेका २ संक्रमणकालिन आयोगमा राजनीतिक नियुक्ती नगर्न दलहरुलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह/सिफारिस समितिको कार्यदेश उल्लंघन भए समितिबाट अलग्गिने चेतावनी

* पार्टी नेताहरुमाथी आक्रमण गर्नेलाई कारवाही नभए संसद ठप्प पार्ने कंग्रेस सभापति देउवाको चेतावनी/सत्तापक्षले जवरजस्त्री गरिरहेको अरोप

* साउदी अरवका ईन्धन उत्पादन गर्ने २ केन्द्रमा ड्रोन आक्रमण भएपछि उत्पादन कटौती/५७ लाख व्यारेल इन्धन कम उत्पादन हुने

 र

* एफसी अण्डर १६ छनोट फुटवलको पहिलो खेलमा नेपाल जोर्डनसंग ७ शुन्यले पराजित

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया