दशैंमा काठमाडौँमा खसी बोकाको अभाव हुने 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- खाद्य संस्थानले काठमाडौँ उपत्यकामा ३ हजार खसी बोका बिक्रि गर्ने भएको छ । असोज १५ गतेदेखी उपत्यकाका बिभिन्न स्थानबाट खसी च्याङग्रा बिक्रि बितरण गर्ने खाद्य संस्थानले जनाएको छ । संस्थानले २ हजार च्याङग्रा र १ हजार खसीबोका बिक्रि गर्ने तयारी गरेको हो ।

च्याङग्रा खरिदका लागि प्राथमिक खाद्य समितीलाई जिम्मा दिईसकेको बताउँदै संस्थानले ढुवानीको प्रक्रिया पनि सुरु गरिसकेको जनाएको छ । 

यसैबीच, माग अनुसारको आपुर्ति हुन नसकेपछि यो बर्ष पनि च्याङ्ग्रा र खसीबोकाको अभाव कायम रहने भएको छ ।

खाद्य संस्थानका अनुसार उपत्यकामा दशैंका समय ५० हजारको हाराहारीमा खसी च्याङ्ग्राको माग हुने गरेको छ । तर आपूर्ति भने १७ देखी २० हजार हाराहारीमा मात्र हुने भएकाले अभावको अवस्था दोहोरिने भएको हो ।

माग अनुसारको आपूर्ति नभएपनि मुल्यवृद्धि भने नियन्त्रण गरिने  विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो । 

 


प्रतिक्रिया