गण्डकी मेडिकल कलेजका विद्यार्थी पुन: आन्दोलित

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६

- पोखराको गण्डकी मेडिकल कलेजले असुलेको तोकिएभन्दा बढि शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थी पुन: आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयले एक महिना भित्र शुल्क फिर्ता गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि उनीहरुले कलेजमा पुन: ताला लगाएका छन् ।

आन्दोलनका कारण अस्पतालको सेवा बाहेक पठनपाठन प्रभावित बनेको छ । पहिलो र दोश्रो ब्याचमा अध्ययनरत आफुहरुले ताला लगाएको विद्यार्थी तारानाथ भाटले बताए । कलेजले चर्काे शुल्क असुलेको विरोधमा गत माघमा पनि उनीहरु झण्डै दुई महिना आन्दोलित भएका थिए ।

आन्दोलन पछि मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क एक महिना भित्र फिर्ता गरिसक्ने निर्णय गरेको थियो । 

 


प्रतिक्रिया