६० हजार विद्यार्थी प्राथमिक शिक्षाको पहुँच बाहिर

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- सरकारले विद्यालयमा बालबालिकाको भर्ना दर ९७ प्रतिशत रहेको दावी गरेपनि ६० हजार विद्यार्थी अझै प्राथमिक शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् ।

ठूलो संख्यामा बालबालिका प्राथमिक शिक्षाको पहुँचमा पुग्न नसक्ने र अधिकांशले बीचमै पढाई छाड्ने समस्याका कारण शैक्षिक सन्तुलन हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन ।

गत वर्ष निकै तामझामका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएपनि उनीहरुको निरन्तरता सम्बन्धी तथ्याङ्क सरकारसंग छैन । गत वर्ष २ लाख ५३ हजार विद्यार्थी भर्ना भएको तथ्याङ्क छ । 

'सुनिश्चित बाल अधिकार– समृद्ध नेपालको आधार' भन्ने नारा सहित आज बाल दिवस मनाईरहँदा खाद्य सुरक्षा, स्वस्थ्य, जस्ता बालबालिकाको अधिकार सुनिश्चित गर्नु चुनौती छ ।

बालबालिको स्वास्थ्य र शारीरिक विकासप्रति संवेदनशील भएकोले नै “सुनौलो एक हजार दिन”, समग्र परिवारलाई समेट्ने गरी राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ । कुनै पनि बालबालिकालाई पढ्ने अधिकारबाट बन्चित नगरिने उहाँको भनाई छ ।

 


प्रतिक्रिया