केन्द्र र प्रदेश सरकारबीच समन्वय अभावमा सडक आयोजना हस्तान्तरण प्रभावित

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- संघीय सरकारले साना सडक आयोजनाहरु हस्तान्तरण गर्ने योजना बनाएपनि प्रदेश सरकारको अनिच्छाका कारण प्रदेश मातहत जान सकेका छैनन् । म्याद सकिएका आयोजनामा केन्द्र सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारहरु सडक आयोजना आफु मातहतमा लिन अनिच्छुक देखिएका हुन् ।

१ हजार १ सय भन्दा बढी सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्ने संघीय सरकारको योजना छ । २६ अर्ब रुपैयाँ बराबर बजेटका ती आयोजना मध्ये आधा भने प्रदेश सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरि सकिएको छ ।  

६ सय सडक आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्न बाँकी रहेको सडक विभागका प्रबक्ता शिवहरी सापकोटाले बताउनुभयो ।

ठेक्काको म्याद बढाउने तथा सरकारले समयमै बजेट उपलव्ध गराए सडकको स्वामित्व लिईने प्रदेश १ का भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सुचना अधिकारी ओम प्रकाश शाहले बताउनुभयो । 

 


प्रतिक्रिया