विद्यालय पुन:निर्माण पछि व्यवस्थापनलाई हस्तान्तरण 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

- गोरखाको पालुङटारस्थित रजगरे माध्यामिक विद्यालय पुन:निर्माण पछि विद्यालय ब्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।

जापान सरकारको सहयोग नियोग जाईकाको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय राष्ट्रिय पुन:निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

कुल ३ करोड ४७ लाखमा निर्माण भएको १० कोठे विद्यालय अपाङमैत्री, बालमैत्री, सहित सौर्य ऊर्जा जडित सुविधाको रहेको ईन्जिनियर निशान अधिकारीले बताउनुभयो । निर्माण सुरु गरेको १५ महिनामा विद्यालयको पूर्ण निर्माण गरी भुकम्प प्रतिरोधी क्षमताका दुई भवन हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिनुभयो । 

पुन:निर्माण प्राधिकरण अन्तर्गत प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाका अनुसार कुल पुननिर्माण गर्नुपर्ने ७ हजार ५ सय ३ विद्यालय मध्ये ५ हजार ६३ विद्यालय निर्माण सम्पन्न भएको छ । अझै १ हजार ८ सय १९ निर्माणाधिन अवस्थामा छ । अझै ६ सय ७१ विद्यालयको पुन निर्माण हुन बाँकी रहेको पुन:निर्माण प्राधिकरणको पछिल्लो तथ्यांक छ ।

 


प्रतिक्रिया