प्रतिकुल मौसमका कारण सोलुखुम्वुमा संयौ पर्यटक ३ दिनदेखि अलपत्र

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

सोलुखुम्बु — मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा तीन दिनदेखि सयाैं विदेशी पर्यटक अलपत्र परेका छन् । शुक्रबारदेखि लुक्लामा उडान प्रभावित बनेकाे हो ।

खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए। आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन् । खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करीब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ ।विमानस्थलमा हवाइजहाज नभए पनि हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ ।

त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्यधिक हुन्छ ।सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् ।

प्रमुख राष्ट्रिय समाचर

* मौसमको  प्रतिकुलतासंगै हवाई उडान हुन नसकेपछि सोलुखुम्वुमा संयौ पर्यटक ३ दिनदेखि अलपत्र/मौसम खुल्ने सम्भावना आजपनि कम 

* नविकरणीय ऊर्जामा सर्वसाधरणलाई प्रोत्साहन गर्न सकिए बातवरण संरक्षणमा महत्वपुर्ण योगदान पुग्ने सरोकारवालाको भनाई/ स्थानीयस्तरको वायु सफा राख्न आफै सजग हुनुपर्नेमा जोड

* उत्तर कोरियाली सर्वोच्च नेता किमद्धारा अमेरिकि राष्ट्रपति ट्रम्पलाई प्योङयाङ भ्रमणको निम्तो / आणविक निशस्त्रिकरणबारे वार्ता गर्न चाहेको भनाई

 र

* एफसी अण्डर १६ छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दै/इङिलस प्रिमियर लिगमा आर्सनल वार्डफोर्डसंग बराबरीमा रोकियो

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया