प्राविधिक विश्वविद्यालयमा अड्कियो बजेट अधिवेशन

आश्विन १, २०७६ | विराटनगर

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयकमा प्रदेशसभाको बजेट तथा बर्षे अधिवेशन अड्किएको छ । चालू अधिवेशनमा प्रदेश सरकारले ल्याएको विधेयक सबै पारित भइसकेको र यो एउटा विधेयकमा मात्रै अधिवेशन अड्किएको हो ।

सरकारले विधेयक पारित गरेपछि मात्रै अधिवेशन अन्त गर्न खोजेको छ भने प्रमुख प्रतिपक्षीले अहिलेकै अबस्थामा विधेयक पारित हुन नदिने अडानमा छन् । सामाजिक विकास समितिले बहुमतले पारित गरेको सो विधेयकको प्रतिवेदनलाई कार्यसूचीबाट हटाउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आज दोस्रो दिन प्रदेशसभा बैठक अबरोध गर्‍यो ।

सदन सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्ना सीटबाट उठेर बिरोध जनाएका थिए । उनीहरुको बिरोधका कारण सभामुख प्रदिपकुमार भण्डारीले असोज ५ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । प्रदेश १ मा विधेयक निर्माणमा असहमति जनाउँदै सदन अबरूद्ध भएको यो पहिलो पटक हो ।  

 


प्रतिक्रिया