निर्वाचन बहिष्कार गर्न तालेवान विद्रोहीको चेतावनी 

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | बीबीसी

आगामी राष्ट्रपतीय निर्वाचन बहिष्कार गर्न अफ्गानिस्तानको तालेवान विद्रोहीले शिक्षक, विद्यार्थी तथा शैक्षिक संस्थामा काम गर्ने कर्मचारीलाई चेतावनी दिएको छ । अन्यथा विभिन्न मतदान केन्द्रमा हुने आक्रमणको सामना गर्नुपर्ने तालेवानले चेतावनी दिएको छ ।

तालेवानले विज्ञप्ति जारी गरी आफ्नो संस्थालाई मतदान केन्द्र बनाउने अनुमति नदिन सम्पूर्ण विद्यालय, कलेज ततथा अन्य शैक्षिक संस्थालाई भनेको छ । सर्वसाधारण, शिक्षक र विद्यार्थीको जीवन तथा अन्य आर्थिक क्षती होस् भन्ने नचाहेको विज्ञप्तिमा उल्लेख छ । अफ्गानिस्तानमा १० दिनपछि राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

सन् २००१ मा तालेवानलाई सत्ताबाट अपदस्थ गरिएयता अफ्गानिस्तानमा हुन लागेको यो चौथौं राष्ट्रपतीय निर्वाचन हो । तालेवानले मतदान अवरुद्ध गर्ने चेतावनी दिदै आएको छ । अफ्गानिस्तानको निर्वाचन आयोगले भने कुनै धम्कीले नरोकिने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने बताएको रोयटर्सले उल्लेख गरेको छ ।  


प्रतिक्रिया