संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

रेडियो कान्तिपुर संवाददाता

आश्विन २, २०७६ | काठमाडौं

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिहीबार संसदमा गर्न लागेको सम्बोधन स्थगित भएको छ  । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने  कार्यक्रम तय  भएको थियो । दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने भनिएको थियो । 

शुक्रबार संविधान दिवस परेकोले त्यो दिन पनि केही बोल्नुपर्ने भएकाले बिहीबारको सम्बोधन रोकिएको प्रधानमन्त्री निकट स्रोत बताएको छ । प्रधानमन्त्रीले ओलीले शुक्रबार टुँडिखेलमा आयोजना हुने संविधान दिवसको मुल राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया