ब्राजिलमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

श्रावण २५, २०७७

– ब्राजिलमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । कोरोना संक्रमणको दर तीब्र बनेपनि ब्राजिलका शहर र पसलहरु खुल्ने क्रम जारी रहेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । फेब्रुअरीको अन्त्यबाट ब्राजिलमा शूरु भएको संक्रमणका कारण त्यसपछिको तीन महिनामा ५० हजार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । त्यस यता ५० दिनमा ५० हजारको ज्यान गएको रोयटर्सले उल्लेख गरेको छ । संक्रामक रोग सोसाइटीका वरिष्ठ रोग विशेषज्ञ डा जोश दवी अरबेजले महामारी विरुद्ध लड्न सरकारले समन्वयकारी योजना अघि नसारेकाले पनि विपत खेप्नु परेको बताउनु भएको छ ।

जोन्स् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म सबै भन्दा धेरै अमेरिकामा ४९ लाख ९८ हजार ८ सय २ जना संक्रमित भएका छन् । एक लाख ६२ हजार ४ सय ३० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । यस्तै ब्राजिलमा ३० लाख १२ हजार ४ सय १२ जना संक्रमित भउका छन् भने एक लाख ४ सय ७७ जनाले ज्यान गुमाएका छन् । भारत तेस्रो बढी संक्रमित हुने मूलुक बनेको छ । भारतमा हालसम्म २१ लाख ५३ हजार १० जना संक्रमित बनेका छन् भने ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया