महिन्द्रा राजपक्षेले लिए चौथो पटक प्रधानमन्त्रीको शपथ

श्रावण २५, २०७७ | काठमाडौं

श्रीलंकाको सत्तारूढ दल श्रीलंका पोडुजना पेरामुना एस एल पी पी का नेता महिन्द्रा राजपक्षेले चौथो पटक प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । उहाँलाई राष्ट्रपति गोताबय राजपक्षेले सपथ गराउनुभएको हो ।

 गत बुधबार भएको संसदीय निर्वाचनमा जित हासिल गरेसँगै राजपक्षे चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएको हो । यसअघि सन् २००५ देखि २०१५ सम्म राजपक्षे श्रीलंकाको राष्ट्रपति हुनुहुन्थ्यो । दुई दशकदेखि श्रीलंकाको राजनीतिमा एक छत्र राज गरिरहेको राजपक्षे परिवारलाई यसपटकको चुनावी नतिजाले श्रीलंकाको राजनीतिमा अझ शक्तिशाली बनाएको छ ।

प्रधानमन्त्री राजपक्षेका भाइ गोटाभया राजपक्षे गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी हुनुभएको थियो । त्यसलगत्तै उहाँले आफ्ना दाइ महिन्द्रालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । कोरोना भाइरसको संक्रमणबीच गत बुधबार भएको चुनावमा ७१ प्रतिशत मत खसेको थियो । २ सय २५ सिटका लागि भएको सो निर्वाचनमा राजापक्षेको एसएलपीपीले १ सय ५० सिटमा जित हात पारेको थियो । 


प्रतिक्रिया