जनावरबाट मानिसमा सर्ने संक्रमणको जोखिम बढेको विज्ञको भनाई

भाद्र १५, २०७७

पछिल्लो समय जनावरबाट मानिसमा सर्ने संक्रमणको जोखिम बढेको विज्ञहरुले बताएका छन् । कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा जुटेका अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर सारा गिल्बर्टले मानिसको गतिविधिले जनावरबाट मानिसमा सञ्चारित हुने रोगको खतरा बढाएको बताउनु भएको छ । 

जनघनत्व, वन फँडानी, अधिक यात्रा लगायतले यस्ता प्रकोप फैलने सम्भावना बढी हुने उहाँको भनाई छ । विश्वको पछिल्लो अवस्था हेर्दा जनावरबाट मानवमा सर्ने जुनोटिक संक्रमणको अवस्था भयावह देखिएको प्रोफेसर सारालाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

कोभिड १९ को उत्पति पनि चमेराबाट भएको र कुनै जनावरको माध्यमबाट मानिसमा सरेको विश्वास गरिन्छ । भाइरस कहाँबाट प्रसार भएको यकिन नभए पनि शूरुमा चीनको वुहानको ओसिलो बजारमा यसको संक्रमण फेला परेको थियो । अन्य घातक रोगहरु इबोला, सार्स र वेष्ट नील भाईरस पनि जनावरबाट उत्पन्न भएको पाइएको छ । 


प्रतिक्रिया