खोप विकास र वितरणका लागि कुनै पनि अन्तराष्ट्रिय पहलमा अमेरिका सामेल नहुने

भाद्र १७, २०७७

अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप विकास र वितरणका लागि कुनै पनि अन्तराष्ट्रिय पहलमा सामेल नहुने संकेत गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ पनि सो प्रयासमा सामेल भएकाले आफ्नो मूलुकले भाग नलिने ट्रम्प प्रशासनलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

खोपको विकास पश्चात स्वीकृत प्राप्त भइसेकपछि सुरक्षित र प्रभावकारी पहुँच सुनिश्चित गर्न डब्लुएचओको नेतृत्वमा एक सय ७२ मूलुकले पहल शुरु गरेका छन् । ह्वाइट हाउसका प्रवक्ता जुड डेरेले आफ्ना अन्तराष्ट्रिय सहयोगी संस्थाहरुसंग समन्वय गरेर मूलुकमा कोरोना संक्रमण परास्त गर्न लागी पर्ने तर डब्लुएचओसंग काम नगर्ने बताउनु भएको छ । भ्रष्ट र चीनद्वारा प्रभावित डब्लुएचओसंग मिलेर काम नगर्ने उहाँको भनाई छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै कोरोना भाइरस संक्रमणको विषयमा डब्लुएचओले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनु भएको थियो । अमेरिकामा विश्वमै सबैभन्दा धेरै ६० लाख ७६ हजार २ सय ८० जना संक्रमित भइसकेका छन् । 

एक लाख ८४ हजार ६ सय ९७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको जोन्स् हप्किन्स् विश्विद्यालयको तथ्यांकमा उल्लेख छ । विश्वभर २ करोड ५७ लाख ८४ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ८ लाख ५७ हजार ७ सय ९४ जनाको मृत्यु भइसकेको छ ।  


प्रतिक्रिया