बेलायत र जापानबीच ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर

भाद्र २६, २०७७ | काठमाडौं

बेक्जिटपूर्व बेलायतले जापानसँग एक महत्वपपूर्ण व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतकी अन्तर्राष्ट्रिय व्यापार सचिव लिज ट्रसले जापानसँग ऐतिहासिक सम्झौता भएको बताउनुभएको हो । 

सम्झौताले बेलायती व्यापार, निर्माण क्षेत्र, खाद्यान्न, पेय पद्धार्थ र अन्य औद्योगिक क्षेत्रलाई नयाँ आयामतर्फ उन्मुख  र दुई मुलुकका बीच स्वस्थ्य व्यापारीक सम्बन्धको सुरुवात हुने उहाँको भनाई छ । यद्यपी आलोचकहरुले भने मुलुकको कुल ग्राहस्र्थ उत्पादनमा शून्य दशमलव शून्य ७ प्रतिशतले सिमित हुनसक्ने सम्झौता यूरोपेली संघसँगै गुम्न सक्ने बताएका छन् । 

दुई मुलुकबीच आज भएको सम्झौता जापानको संसदबाट अनुमोदन गर्नुपर्छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले आगामी जनवरीसम्ममा सो सम्झौता संसदबाट अनुमोदन हुने आंकलन गर्नुभएको छ ।  


प्रतिक्रिया