भारतमा एकैदिन ९७ हजार बढीमा कोरोना संक्रमण पुष्टि

भाद्र २७, २०७७ | काठमाडौं

 भारतमा एकैदिन ९७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टामा ९७ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । 

योसंगै भारतमा संक्रमितको कुल संख्या ४६ लाख ५९ हजार ९ सय ८४ पुगेको छ । संक्रमणका कारण हालसम्म ७७ हजार ४ सय ७२ जनाको ज्यान गएको छ । भारत संक्रमणका हिसावले विश्वमै दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अमेरिकामा ६४ लाख ४५ हजार ८ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख ९३ हजार २८ जनाको मृत्यु भएको छ । 

तेस्रो स्थानमा रहेको ब्राजिलमा ४२ लाख ८२ हजार १ सय ६४ जनामा संक्रमण पुष्टि हुँदा १ लाख ३० हजार ३ सय ९६ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म २ करोड ८५ लाख १९ हजार ४ सय जना संक्रमित भएका छन् भने ९ लाख १६ हजार २ सय ३७ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया