तनावका बीच ताइवान क्षेत्रमा सैन्य अभ्यास गर्ने चीनको तयारी

आश्विन २, २०७७

चीनले ताईवान क्षेत्रमा सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकाका एक उच्च अधिकारीको ताइवान भ्रमण जारी रहेका बेला चीनले सार्वभौमसत्ताको सुरक्षाका लागि भन्दै सैन्य अभ्यास गर्ने तयारी गरेको हो । ताईवानलाई लिएर अमेरिका र चीनबीच तनाव बढीरहेका बेला सैन्य अभ्यास हुन लागेको हो ।

स्वशासित क्षेत्र ताईवानलाई बेईजिङले छुट्टै प्रान्तको रुपमा विशेषअधिकार प्रदान गर्दै आएको छ । तर ताईवानलाई प्रयोग गरेर अमेरिकाले आफ्नो मुलुकमाथि नियन्त्रण गर्न खोजेको चीनको आरोप छ । 

अमेरिकाका विदेश मन्त्रालयका उच्च अधिकारी केथ क्रासच हाल ताइवानको भ्रमणमा हुनुहुन्छ । ताईवान र अमेरिकाबीच विशेष कुटनीतिक सम्बन्ध नभएपछि एक विशेष ऐनभित्र रहेर अमेरिकाले ताईवानलाई हातहतियार विक्रि गर्दै आएको छ ।


प्रतिक्रिया