अफगान बालबालिकाको परिचयपत्रमा आमाको नाम उल्लेख हुने

आश्विन २, २०७७

अफगानिस्तानमा बालबालिकाको राष्ट्रिय परिचयपत्रमा आमाको नाम समेत उल्लेख हुने भएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले कानुनमा हस्ताक्षर गरेसंगै व्यवहारिक रुपमा सो नियम लागु हुन लागेको बीबीसीले उल्लेख गरेको छ । महिला अधिकारकर्मीले लामो समयदेखि सो व्यवस्था हुनुपर्ने माग गर्दै दबाब दिदै आएका थिए । 

अफ्गान बालबालिकाको आइडी कार्डमा यसअघि बाबुको मात्र नाम उल्लेख हुने गर्दथ्यो । अफगानिस्तानमा सार्वजनिक रुपमा महिलाको नाम प्रयोग गर्नु परम्परागत अपमानका रुपमा लिने गरिन्छ । 

तीन वर्षअघि शुरु ह्वेर इज माइ नेम नामक ह्यास ट्याग अभियानले पनि सरकारलाई यस्तो व्यवस्था गर्न बाध्य बनाएको अधिकारकर्मीहरुले उल्लेख गरेका छन् । झण्डै दुई दशकपछि अफगानिस्तानमा महिला अधिकार सम्बन्धी यस्तो व्यवस्था भएको हो ।


प्रतिक्रिया