पाकिस्तानी विद्रोही समूह अलकायदाका ९ जना पक्राउ

आश्विन ३, २०७७

भारतमा आतंकवादी हमलाको योजना बनाइ रहेका पाकिस्तानी विद्रोही समूह अलकायदाका ९ जना आतंकवादी पक्राउ परेका छन् । राजधानी दिल्ली सहित विभिन्न स्थानमा हमला गर्ने योजना बनाइरहेका ९ जनालाई नियन्त्रणमा लिएको भारतको राष्ट्रिय जाँच एजेन्सीलाई उद्यृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । 

भारतको आतंकवाद विरोधी सुरक्षा बलले विज्ञप्ति जारी गर्दै निर्दोष मानिसको हत्या गर्ने र महत्वपूर्ण स्थानमा हमला गर्ने योजना बनाइरहेको पाइएको उल्लेख गरेको छ । भारतको राष्ट्रिय जाँच एजेन्सीले ६ जनालाई पश्चिम बंगालको पुर्वी क्षेत्रबाट र बाँकी तीन जना केरलाको दक्षिणी क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाएको छ । 

उनीहरु पाकिस्तानमा आतंक मच्चाइरहेको अल कायदाको समर्थक रहेको एजेन्सीको दावी छ । भारतले कश्मिर र मुस्लिम बहुल इलाकामा आतंकवाद गतिविधि गर्ने विरुद्ध आक्रामक कदम चालेको छ ।  


प्रतिक्रिया