सीमा क्षेत्रको विवादलाई लिएर भारत र चीनबीच पुन: वार्ता

आश्विन ५, २०७७

सीमा क्षेत्रको विवादलाई लिएर भारतीय र चीनीयाँ सैन्य कमाण्डरबीच पुन: वार्ता भएको छ । तिब्बतको सीमानामा पर्ने सीमावर्ती इलाका लद्दाखलाई लिएर समाधानका उपाय खोज्न दुबै मूलुकबीच छलफल भएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । वार्ताको निष्कर्ष भने सार्वजनिक गरिएको छैन । छलफलका क्रममा भारतीय विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारी पनि बैठकमा सहभागि भएको जनाइएको छ ।

 यसअघि केही दिनअघि मस्कोमा दुई मूलुकका विदेश र रक्षामन्त्रीहरुबीच भएको वार्ता लगायत सैन्य, कुटनीतिक र राजनीतिक स्तरमा धेरै चरणमा वार्ता भए पनि सीमा क्षेत्रको तनाव कायम छ । गत मंगलबार भारतका रक्षा मन्त्री राजनाथ सिंहले चीनलाई विगतको सीमा सम्झौता उलंघन गर्दै सीमामा अनावश्यक सेना तैनाथ गरेको आरोप लगाउनु भएको थियो । 

चीनले लद्दाखमा भारतको ३८ हजार वर्ग किलोमिटर भूभाग अवैध रुपमा कब्जा गरेको उहाँको भनाई छ । 


प्रतिक्रिया