रुसका विपक्षी नेता नभाल्नी डिस्चार्ज

आश्विन ७, २०७७

रुसका विपक्षी नेता अलेक्सी नभाल्नी डिस्चार्ज भएका छन् । जर्मनीको बर्लिनस्थित एक अस्पतालमा उपचचाररत नभाल्नीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको चिकित्सकलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

नेता नभाल्नीले सामाजिक सञ्जालमा आफ्नो फोटो पोष्ट गर्दै चिकित्सकको साथ र सहयोगका कारण आफू पूर्ण रुपमा स्वस्थ भएको बताएका छन् । गत अगस्त २० मा साइवेरिया उडान भर्ने क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि नभाल्नीलाई जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल भर्ना गरिएको थियो । 

राष्ट्रपति भ्लािदमिर पुटिनको आदेशमा नभाल्नीलाई कडा प्रकारको विष दिइएको आरोप लाग्दै आएको छ ।


प्रतिक्रिया