विदेशीका लागि अक्टोबरबाट प्रवेश अनुमति खुलाउने जापानको तयारी

आश्विन ९, २०७७

जापानले विदेशीका लागि अक्टोबरबाट प्रवेश अनुमति खुलाउने तयारी गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले लामो समयदेखि स्थगित प्रवेश अनुमति आगामी अक्टोबरबाट खुलाउने बताउनु भएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । जस अन्तर्गत अध्ययन र आश्रित भिसामा जानेलाई प्राथमिकतामा राखिएको पनि प्रधानमन्त्री सुगाले उल्लेख गर्नु भएको छ । 

जापान प्रवेश गर्नुपूर्व जानेहरुको कोरोना परीक्षण गरिनेछ । कोरोना महामारीका कारण जापानले अन्य मूलुकबाट जानेका लागि यस वर्षको शुरुवातबाटै कडा प्रतिबन्ध लगाएको थियो । जापानमा पर्यटकलाई अझै पनि प्रतिबन्ध लगाइएको छ । एक दिनमा एक हजार जनालाई मात्र प्रवेश दिइने स्थानीय समाचार माध्यमले जनाएका छन् ।   


प्रतिक्रिया