भारतको विहारमा विधानसभा निर्वाचनको मतदान तीन चरणमा हुने

आश्विन ९, २०७७

भारतको विहार राज्यमा विधानसभा निर्वाचनका लागि तीन चरणमा मतदान हुने तय भएको छ । अक्टोबर २८, नोभेम्बर ३ र ७ मा मतदान हुने बीबीसीले उल्लेख गरेको छ । मतगणना भने नोभेम्बर १० मा हुने जनाइएको छ । पहिलो चरणमा १६ जिल्लाको ७१ सिटका लागि मतदान हुनेछ । 

दोश्रो चरणमा १७ जिल्लाको ९४ सिटमा र तेश्रो चरणमा १५ जिल्लाका ७८ सिटमा मतदान हुनेछ । विहारका मुख्य निर्वाचन आयुक्त सुनिल अरोडाले कोरोना संक्रमणको दर बढीरहेकाले खास मापदण्ड अपनाएर मात्र मतदान कार्य सञ्चालन गर्ने उल्लेख गर्नु भएको छ । 

यस पटक मतदानको समय एक घण्टा थपिएको पनि उहाँले बताउनु भएको छ । विहार विधानसभाको २ सय ४३ सिटका लागि बिहान ७ बजेदेखि शूरु भएको मतदान बेलुका सात बजे सकिनेछ । विहारमा विधानसभाको कार्यकाल नोभेम्बर २९ मा समाप्त हुँदैछ । कोरोना संक्रमणका दौरान भारतमा पहिलो पटक निर्वाचन हुन लागेको हो । 


प्रतिक्रिया