इजरायलमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं मानिस सडकमा

आश्विन ११, २०७७ | काठमाडौं

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी योजना नल्याएको भन्दै इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजीनामा माग्दै हजारौं मानिस सडकमा उत्रिएका छन् । 

सरकारले कुनै ठोस कार्ययोजना नल्याई लकडाउन मात्रै लम्ब्याइएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । तेल अभिभमा १६ हजार भन्दा बढी मानिसहरु जम्मा भएर सरकारविरुद्ध नाराबाजी गरेको इजरायली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ । कोरोना संक्रमणदर बढुदै गएपछि सरकारले गत शुक्रबारबाट थप कडाइ गर्दै अन्तर्राष्ट्रिय यात्रा, एवं धार्मिक स्थलमा समेत प्रतिबन्ध लगाएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् । 

सरकारले अन्य कुनै विकल्प नछोडेपछि सडकमा उत्रिन बाध्य भएको प्रदर्शनकारीले बताएका छन् । यसअघि सरकारले यही सेप्टेम्बर १८ बाट केही दोस्रो चरणको लकडाउन जारी गरेको थियो । देशैभर साना ठूला प्रदर्शन जारी रहेको जनाइएको छ । इजरायलमा हालसम्म २ लाख २५ हजार बढी संक्रमित पुगेका छन् भने १ हजार ४ सय १७ जनाको ज्यान गइसकेको छ । 


प्रतिक्रिया